Shikharapur Open Online School

कोरोना महामरीका कारण शिक्षण सिकाइमा नयाँ उपाय अवलम्बन गर्न समुदायलाइ वाध्य बनाएको छ । यो महामारीको नियन्त्रण कहिलेसम्ममा हुन्छ भन्ने निर्क्यैल छैन । यसबीच ससारभरि नै प्रविधिमैत्री शिक्षण प्रणाली लागु भइ समुदायले शिक्षण सिकाइमा नवीनतम अयाममा अघि बढीसकेको यथार्थ हामी बिच छ । नेपालले पनि अनलाइनमा अधारित तथा रेडिये टेलिभिज पत्रपत्रिकामा अधारित रही अध्ययन अध्यापन गराउन प्रयासरत रहेको हामीले पाएका छैँ । यसवीच नियमित पढाइबाट बञ्चितीकरणमा रहेका खुला विद्यालयमा अध्ययन गर्ने र खुला विद्यालयबाट उत्तीर्ण भएका सहभागीलाइ उच्च अध्ययनको लागि अनलाइन तथा भैतिक शिक्षण व्यवस्थाका लागि ये अवधारणा तयार पारिएको छ । अनलाइन प्रविधिको भरपूर उपयेग गरी देशको कुनाकुनाबाट अध्ययन गर्न सकिने व्यवस्थाका लागि शिखरापुर खुला अनलाइन विद्यालयको अवधारणा अगाडि ल्याइएको हो ।

भूमिका

कोरोना भाइरसको महामारीपश्चात ससार भरि नै नियमित तथा विद्यालय शिक्षामा समस्या परेको छ । शिक्षण सिकाइका परम्परागत प्रणाली अपनाउँदै आएको नेपालमा यसले निकै अन्यौलता ल्याएको छ । विद्यालय तथा क्याम्पसका कक्षाहरु थप्प नै छन् । तर यसबिचमा पनि अन्तरराष्ट्रिय विश्वविद्यालय तथा अनलाइन कक्षामा आधारित कक्षाहरु निर्वाध रुपमा सञ्चालनमा छन् ।
नेपाल सरकारकै आयोजनामा दर्ता गरिएका खुला विद्यालयहरुमा विगतका वर्षहरुमा कन्ट्याक्ट सेसनमा साप्ताहिक रुपमा सहभागी र शिक्षक भेट हुने र बाँकी सिकाइ रेडियो, कम्प्यूटर, टिभी र पत्रिकामा पढ्ने भनी रणनीति बनेको थियो । शिखरापुर सामुदायिक सिकाइ केन्द्रमा शिखरापुर माविलाइ मातृ विद्यालयका रुपमा स्थापित गरी निम्न मावि तह तथा खुला एसइइ तह समेत सञ्चालनमा थियो । हाल आधारभुत र कक्षा १० तहसम्मको पढाइ नियमित नै छ । तर सरकारले निर्दिष्ट गरेको सामाग्रीहरु उपलब्ध नभएका कारण शिखरापुरलगायत देशका अधिकाँश खुला विद्यालयहरु अरु सामान्य विद्यालय जस्तै नियमित पढाउन बाध्य भएका छन् । न्यून स्रोतमा पनि विद्यार्थीहरुलाइ नियमित पढाउँदै शिखरापुरले धेरै भन्दा धेरै विद्यार्थी उत्तीर्ण गर्न सक्षम भएको यथार्थ सबैमा जगजाहेर नै छ ।

खुला एसइइ र कक्षा ११

शिखरापुर सामुदायिक सिकाइ केन्द्र र शिखरापुर खुला विद्यालयले स्थानीय तहसँगको सहकार्यमा अगामी दिनमा कक्षा १० खुला एसइइ अध्ययन गर्ने तथा उक्त तह उत्तीर्ण भएकाहरुका लागि सहज किसिमबाट अनलाइन तथा भौतिक दुबै माध्यमबाट कक्षा ११ र १२ पढ्ने व्यवस्था गर्नका लागि पहल गर्न जरुरी देखिन्छ । कोभिडका कारण घरघरमा बस्न वाध्य विद्यार्थी तथा सहभागीहरु लक्षित गर्दै अनलाइनमा आधारित सामाग्री निर्माण गर्ने अध्यापन गर्ने तथा घरघरबाट सहज किसिमबाट पहूँच पुग्ने गरी कक्षामा सहभागी गर्नुपर्ने हालको जल्दोबल्दो आवश्यकता भएको छ । हालको समयमा बन्दाबन्दी खुला गरिएतापिन रोगको सक्रमण वृद्धि भएमा तत्कालै बन्द हुन सक्ने जोखिमलाइ मध्य नजर गर्दै यस किसिमको योजना गर्नु परेको हाम्रो ठम्याइ हो । यसका लागि शिखरापुर खुला अनलाइन विद्यालयको अवधारणा सुरुवात गरिएको छ ।
यसर्थ सहभागीहरुलाइ लक्षित गरी समसामयिक विषयमा पढ्ने हेर्ने श्रब्यदृष्य सामाग्री निर्माण गरी समुहमा आधारित सामाजिक सञ्जाल, युट्यूव च्यानल, स्थानीय टिभी, सामुदायिक रेडियो, अनलाइन पोर्टल, इ लाइब्रेरी इत्यादिबाट स्रोत तथा सन्दर्भ सामाग्री वितरण गर्ने योजना रहेको छ । तयार भएका सामाग्रीहरुलाइ इन्टरनेटको पहुँच नभएकाहरुका लागि पनि पहुँच हुने गरि पेन ड्राइभ सिडीमा समेत दिन सकिने र घरघरमा कम्प्यूटर, मोबाइन तथा टिभीमा हेर्न सकिने बनाउने हाम्रो योजना रहेको छ । यसका लागि सस्थाको यूट्यूव च्यानल, सामाजिक सञ्जाल, वेवसाइट तथा यी सबैलाइ समेट्ने मोबाइल एप समेत बनाउने हाम्रो योजना रहेको छ । मोबाइल एपको प्रयोग गरी बल्क एसएमएस समुहगत सूचना सम्प्रेशन गर्न सकिने साथै कुनै पनि नया जानकारी घरघरमै पुर्याउन सकिने हाम्रो धारणा रहेको छ ।

अनौपचारिक शिक्षा, खुलाशिक्षा, महिला तथा युवा आय आर्जनका क्षेत्रमा कार्य गर्दै आएको यस सासिकेले आगामी दिनमा आफ्नो काम गर्ने रणनीति परिवर्तन गर्छ जरुरी छ भन्ने महशुश गर्दै पहिलो प्रयासका रुपमा प्रविधिमा आधारिक सिकाइको सुरुवात गरी औपचारिक शिक्षा क्षेत्र भन्दा बाहिरका सहभागीलक्षित गर्दै अनलाइन तथा अफलाइनमा सिकाइको प्रणाली विकास गर्नका लागि यो अवधारणा तयार पारिएको छ ।
सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गर्दै असार १ देखि नियमित तर्फका विद्यार्थी लक्षित गरी विभिन्न टिभीमा कार्यक्रमहरु सञ्चालनमा ल्याइसकेको छ तर यसैवीच क्षमताअभाव भएका सहभागी लक्षित कार्यक्रम पनि ल्याउनु समुदायको माग रहेको पनि दर्शाउन चाहन्छौ । यस प्रविधिमा आधारित खुला सिकाइ शुरुवात गर्न सकेको खण्डमा विशेष गरी पढाइ छुटेका एसइइ तहका खुलाका विद्यार्थीहरु तथा कक्षा ११ पढ्ने जो खुलाबाट कक्षा १० उत्तीर्ण भएका वा पढाइ छोडी बसेका लागि विशेष उपयोगी हुने निश्चित छ । अन्तमा हामी यस कार्यका लागि स्थानीय तह नेपाल सरकार शिक्षा मन्त्रालयसम्बद्ध सघसस्था तथा युनेस्को काठमाडौंलगायत सरोकारवाला निकायहरुसँग साझेदारीको आव्हान गर्दछौ ।

खुला अनलाइन विद्यालयको उद्देश्य
  • खुला विद्लयबाट कक्षा १० उत्तीर्ण सहभागी तथा कक्षा १० उत्तीर्ण भइ वर्षै सम्म यत्तीकै बसी नियमित विद्यालय नजानै सहभागीहरुका लागि अनलाइन तथा भौतिक रुपमा अध्ययन गरी शिक्षकहरुसँग कन्ट्याक सेसनमा छलपल गर्ने र स्वअध्ययका माध्यमबाट अध्ययन गर्ने
  • कक्षा ८ पास गरी कम्तीमा २ वर्ष यत्तिकै बसेका सहभागीहरुका लागि माथि १ मा लेखिएकै नियममा कक्षा १० एसइइ अध्ययनको व्यवस्था गर्ने
  • शिखरापुर माध्यमिक विद्यालयलाइ मातृ विद्यालयका रुपमा लिइ प्रशासनिक  तथा नेपाल सरकारको नीतिअनुसार विद्यार्थी दर्ता मूल्याकन तथा त्रैमासिक तथा वार्षिक तथा बोर्ड परीक्षाका व्यवस्था गर्ने
  • कक्षा १० र ११ मा अध्ययन गर्ने सहभागीहरुलाइ वहाँहरुको अवश्यकताका अधारमा CTEVT को सहयोगमा छोटो तथा लामो अवधिका प्राविधिक तालिमसमेतको व्यवस्था गर्ने ।
  • सहभागीहरुको अध्ययन सहजताका लागि इ लाइब्रेरी, यूट्युव च्यानल, सामाजिक सञ्जाल इत्यादिको भरपूर उपयेग गरी सूचना सम्प्रेषण तथा वितरणमा सहजता ल्याउने
  • शिक्षकहरु को रोष्टर निर्माण गरी कन्ट्याक सेसनमा सहजता ल्याउने र
शिखरापुर खुला अनलाइन विद्यालयको कार्यगत सरचना

कार्यगत रणनीति

शिखरापुर सामुदायिक सिकाइ केन्द्र र खुला विद्यालयको व्यवस्थापनमा अनलाइन तथा भौतिक अध्यापनका लागि शिक्षक टोली तयार पारिनेछ । सहभागीहरुको आवश्यकता तथा उपलब्धताका आधारमा अनलाइन तथा भौतिक कक्षाको समय तय गरिनेछ । शिक्षकहरु अनलाइनका लागि कुनै पनि स्थानमा आधारित रहेर अध्यापन गराउन सक्ने र भौतिक कक्षाको हकमा शिखरापुर खुला विद्यालयमा मात्रै वा सहभागी सख्याको अधारमा कुनै सामुदायिक विद्यालयसँगको सहकार्यमा भौतिक कक्षा सञ्चालन गर्न सकिने छ । जस्तै चाल्नाखेल खुला विद्यालय, इन्द्रसरोवर गाउँपालिका इत्यादि
सहभागीहरुलाइ पढाउने व्यवस्था गरी प्रसाशनिक तथा सरकारी प्रक्रिया पूरा गर्ने जस्तै फर्म भर्ने दर्ता गर्ने कामका लागि शिखरापुर मै आउनुपर्ने हुनेछ । साथै विद्यालयको नियमानुसार अति अनिवार्य बोर्ड परिक्षाका लागि पनि विद्यालयमै अउनु पर्ने छ । यसर्थ देशको कुनै पनि कुनाका सहभागीले यो कक्षामा जोडिन सक्नुहुनेछ ।

आर्थिक व्यवस्थापन

आर्थिक विपन्न तथा नियमित पढाइबाट बञ्चितीकरणमा परेको तथा पिछडिएका समुदायको बढी वाहुल्यता रहने यस किसिमको खुला विद्यालय तथा उच्च अध्ययनका लागि आशा गर्ने सहभागीहरुका लागि शिखरापुर खुला विद्यालयले निशुल्क अध्ययनको योजना बनाएको छ । यसका लागि स्थानीय तह प्रदेश तथा सघीय मन्त्रालय सरकारी तथा गैरसरकारी सघसस्थाहरुसँग र यस अघि खुला विद्यालयबाट अध्ययन पूरा गरी हाल राम्रो आर्थिक अवस्था भएका सहभागीहरुसँग समेत सहयोग सकलन गरी व्यवस्थापन गर्ने योजना रहेको छ ।

By Niroj Shrestha
Program Manager, Shikharapur CLC
Campus Chief, Shikharapur Community Campus

Leave a Reply

Your email address will not be published. Required fields are marked *