दोस्रो समूहको ३ महिने सौन्दर्यकर्मी तालिम सम्पन्न

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धादिङ, गजुरीको आयोजनामा शिखरापुर सामुदायिक सिकाइ केन्द्रको समन्वयमा आयोजित दोस्रो समूहको ३ महिने सौन्दर्यकर्मी तालिम २०८१/३/२३ गतेका दिन समापन भएको थियो । केन्द्रका प्रमुख पुरुषोत्तम पाण्डेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष श्यामबहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा तालिम सफलताका साथ पूरा गर्नुभएका सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा शिखरापुर अभियन्ता तथा रुक्मिणी प्रतिष्ठानका अध्यक्ष शशीशर्मा अर्याल, शिखरापुर खुला विद्यालयकी संयोजक ललिता लामिछाने, प्रमुख प्रशिक्षक सुभद्रा खड्काबाट सहभागीहरुको आगामी व्यवसायिक दिनहरु सफल होस भनी शुभकामना दिनु भएको थियो । कार्यक्रम शिखरापुर सामुदायिक सिकाइ केन्द्रकी सचिव निशा विसुंकेले सञ्चालन गर्नु भएको थियो । तालिम शिखरापुरको कृषि अध्ययन स्रोत केन्द्र भवनमा सञ्चालन भएको थियो ।

१) कार्यक्रमको उद्देश्य :

क) युवाहरूमा सिप विकास गरी उद्यमशीलता विकास गर्ने ।

ख) समुदायको आर्थिक विकास गर्ने।

२) सहभागिता :

आयोजित दोस्रो समूहको तीन महिने सौन्दर्यको सौन्दर्यकर्मी तालिममा विशेषगरी दक्षिणकाली नगरपालिकामा भित्र रहेका १ देखि ८ सम्मको वडाका सहभागीहरू ले सहभागिता जनाउनुभएको थियो भने दक्षिणकाली नगरपालिका वडा नम्बर २ को सहभागिता मा कम देखिएको थियो। यसैगरी छिमेकी जिल्ला मकवानपुरको पनि सहभागिता जनाउनुभएको थियो । यस कार्यक्रमको उद्देश्य दक्षिणकाली नगरपालिकाभित्र रहेका सम्पूर्ण वडालाई समेटेर सिप तथा उद्यमशीलतामा जोड्नु रहेको थियो। दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती तामाङ डङ्गुल ज्यूले पनि समय समयमा यस कार्यक्रमलाई अनुगमन तथा महिलाहरूलाई उत्प्रेरणा दिएर यस कार्यक्रमलाई अझ राम्रो वातावरण बनाइदिनुभएको थियो।

तालिममा सहभागीहरूको नाम : प्रनिशा बलामी, अनुष्का अधिकारी, सृष्टि अधिकारी, सुजिता पुतुवार अस्मिता मगर, प्रसन्नता मगर, करिना मिजार, सुस्मिता खड्का, अस्मिता गदेल, अर्चना अर्याल लक्ष्मी पौडेल

३) क्रियाकलाप :

कार्यक्रम औपचारिक नै रहेको थियो। कार्यक्रमको उद्घोषक शिखरापुर सामुदायिक सिकाई केन्द्रकी सचिव निशा विसुंके ज्यूले सञ्चालन गर्नु भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश सामुदायिक सिकाई केन्द्रका अध्यक्ष श्री श्यामबहादुर केसीज्यूले गर्नुभयो भने व्यवसायिक तथा शिप विकास तालिम केन्द्र धादिङ गजुरीका प्रशिक्षक सुभद्रा खड्काज्यूले यस कार्यक्रमको बारेमा तीन महिनासम्म प्रशिक्षण गर्दाको अनुभव रमाइलो क्षणहरू को बारेमा आफ्नो भनाइ राख्नुभयो।

यसैगरी खुल्ला विद्यालयको संयोजक ललिता लामिछाने ज्यूले पनि आफ्नो मन्तव्यमा महिलाहरूले गर्नसक्ने सबै चिजहरूमध्ये ब्युटी पार्लरले पनि अहिलेको समयमा बजारमा माग बढाइरहेको यस कार्यलाई व्यावसायिक रुपमा लैजानलाई व्यावसायिक कुरामा जोड दिनुभयो । कार्यक्रममा शिखरापुर सामुदायिक सिकाई केन्द्रका सल्लाहकार शशी शर्मा अर्यालज्यूले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो। अन्त्यमा व्यावसायिक तथा शिप विकास तालिम केन्द्र धादिङ गजुरी का प्रमुख पुरुषोत्तम पाण्डे ज्यूले सौन्दर्य किन जरुरी छ । भनेर स्पष्ट पार्दै यसलाई व्यावसायिक रुपमा लैजान अत्यन्त जरुरी छ। नेपालमा मात्र नभएर विदेशमा समेत यसको माग बढिरहेको छ। इतिहासमा हाम्रा पुर्खाहरूले सौन्दर्यलाई बढाउनका लागि विभिन्न कुराहरूको प्रयोग गर्दै आइरहेको थियो र यसै कुरालाई मध्यनजर गर्दै अहिलेको युवाहरुले यसलाई उद्यमशीलतामा लैजान र उद्यमी बन्नुपर्ने कुरालाई जोड दिँदै स्पष्ट पार्नुभयो । अन्त्यमा प्रमाणपत्र वितरण गर्दै शिखरापुर सामाजिक सिकाई केन्द्रका अध्यक्ष श्यामबहादुर केसीज्यूले कार्यक्रमको समापन गर्नुभयो ।

४) कार्यक्रमको उपयोगिता :

महिलाहरूको लागि सीप विकास गरी रोजगारी उन्मुख गर्न उपयोगी देखिएको छ। स्वदेशमै केही गरौं भन्नेहरूका लागि यो तालिम वरदान साबित भएको छ भने विदेशमा जान चाहनेहरूका लागि पनि सिप लिएर जान पाएका छन्। यस तालिमबाट उद्यमी बन्नेहरूका लागि पनि नगरपालिका तथा बैंकहरू को सहयोगमा सहुलियत दरमा ऋण लिन पनि सहज देखिन्छ। आधारभूत तह पूरा गरेकाहरूले एडभान्स कोर्स गरी प्रशिक्षकको दक्षता हासिल गर्नेछन् वास्तवमा यो सिप सिकेकाहरूले सजिलै जीवनयापन गर्न सकिने भएकाले तालिमको उपयोगिता सकारात्मक देखिन्छ ।

 ५) निष्कर्ष :

यस कार्यक्रम सहभागिताको हिसाबले उत्कृष्ट कार्यक्रम रहेको थियो । व्यवसायिक हिसाबले पनि महिलाहरूमा अत्यन्त अत्यन्त सकारात्मक देखिएको थियो। दक्षिणकाली नगरपालिकाले यस्ता कार्यक्रमहरूबाट अझ एडभान्स कोर्सहरूको आयोजना गर्दिए हुन्थ्यो भन्ने जिज्ञासा पनि उहाँहरूको रहेको थियो। यस्तो कार्यक्रमहरू जुन महिलाहरूलाई उद्यमी बनाउने खालका कार्यक्रमहरू अझ बढी मात्रामा भइदिए हामीले सिकेका सीपहरूमा निखार्ता आउने महसुस पनि गराउनुभयो । धादिङ गजुरीले मात्र होइन स्थानीय निकायले पनि यसमा ध्यानाकर्षण गराउनुपर्ने सम्पूर्ण कार्यक्रमका सहभागीहरुले जनाउनु भएको थियो ।

तयार पार्ने

निशा बिसुन्के, सचिव

शिखरापुर सामुदायिक सिकाई केन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *