शिखरापुरकी कृषि प्राविधिक सरस्वतीले पाइन सरकारी जागिर

(शिखरापुर सासिकेमा रहँदाको वहाँको अनुभव वहाँको आफ्नै शब्दमा)

 

नामः सरस्वती डोटेल, कृषि प्राविधिक, शिखरापुर सामुदायिक अध्ययन केन्द्र

ठेगानाः मोलुङ गाउँपालीका २ ‌ओखलढुङ्गा

म यस शिखरापुर सामुदायिक सिकाई केन्द्र मा २०७८ ‒ ११‒ ७ गते बाट कृषि प्राविधिकको पदमा कार्यरत थिएँ । हाल म गण्डकि प्रदेश लोकसेवा आयोगले लिएको कृषि ना.प्रा.सा. पदमा नाम निकाल्न सफल भई पर्वत सिफारीस भएको छु । मैले शिखरापुर सामुदायिक सिकाई केन्द्र मा रहदा धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरे हुनत कति सिक्ने के सिक्ने भन्ने कुरा व्यक्तिमा पनि केही मात्रामा निर्भर रहन्छ ।

व्यक्तीगत विकासः मलाई पहिला कम्पयुटरको कुरा खासै आउदैन थियो । मैलै यस संस्थामा आएर कम्युटर टाइपिङग् इमेल इन्टरनेट Microsoft office (word, power point, excel) जस्ता नियमित प्रयोग हुने साथै अन्य कम्प्युटरका कुराहरु सिक्ने अवसर पाए। मैले कृषिको आफूले पढेको कुराहरु अरुलाई सिकाउन र प्राक्टिकल रुपमा गरी सिक्ने अवसर पाए जस्ले गर्दा मलाई लोकसेवाको परिक्षा पास गर्न पनि सहज भएको थियो । मैले यस संस्थामा आएर समय व्यवस्थापन जस्तो महत्वपूर्ण कुराको राम्रो ज्ञान पाइ व्यवहारमा लागु गरेकी छु ।

महिला सशक्तिकरण र नेतृत्व विकासः समाजमा रहेका र पछाडि परेका महिलाहरुलाई अगाडी ल्याउन र उनीहरुलाई आयआर्जनको बाटो देखाएर आर्थिक तथा सामाजिक रुपमा सबल बनाउन  र कृषि क्षेत्रमा व्यवसायिक बनाएर लौजाने यस संस्थाले लिएको उदेश्य अनुरुप मैले यस क्षेत्रमा भएका १४ जना महिला हरुको उधिमशिल कृषक समुह बनाएर उनिहरुलाई प्राविधिक कुरा लगायत विभिन्न सुचना तथा सहयोग गर्ने गरेकी छु । यस वर्ष हाम्रो संस्थाले समुहका सदस्यहरुलाई बेमौसमी तरकारी खेतीको लागी आवश्यक प्लास्टिक टनेल निर्माणको लागी आवश्यक सामग्रीहरु मल विउविजन तथा विभिन्न तालीमहरु दिएको थियो । यसै गरी यस संस्थामा आवशिय रुपमा बस्दै आउनुभएका विधार्थी हरुसगँ कृषिका विभिन्न कुराहरु सिक्न र सिकाउने अवसर प्राप्त भयो ।

लेखन सिप:  मैले यस संस्थामा आएर रिर्पोट लेख्न, केश /घटना अध्ययन, निवेदन तथा अन्य कुराहरुको लेख्ने सिपको विकास भएको छ ।

कृषिको इन्टन विद्यार्थी  सगँको सहकार्यः कालीका मावि फाखेलमा कक्षा ९ देखी १२ प्राविधिक विषय पढेर ३ महिना इन्टर्न गर्न आउनुभएका ८ जना विधार्थिहरु सगँ यस दक्षिणकाली नगरपालीका भित्र रहेका विभिन्न धार्मिक संस्कृतिक तथा पर्यटकिय स्थलहरुको साथै यस क्षेत्रमा भएका व्यवसायिक रुपमा कृषि गरिरहेका फार्महरुको भ्रमण अवलोकन गरीयो साथै कृषिका विविध विषयमा छलफल गर्दै सिक्ने तथा सिकाउने अवसर प्राप्त भएको थियो । यस अवधिमा टमाटरमा लाग्ने रोगकिरा टमाटरको पातकाटने तरीका topdress गर्ने समय र तरीका फल टिप्दा ध्यान दिनुपर्ने कृराहरु विभिन्न फुलको कटीङ् गर्ने खेति गर्ने तरीका अमिलो जात फलफूलमा लाग्ने रोगकीरा व्यवस्थापनको कार्य गरियो । नर्सरी निर्माण गर्ने तरीका भोःलमल बनाउने तरीका आलुमा लाग्ने रोगकीरा व्यवस्थापन च्याउ खेती प्रविधि सम्बन्धि प्राक्टिकल रुपमा काम गरीयो साथै विभिन्न शैक्षिक भ्रमण साथै समयसमयमा तालीमहरु जस्तै एकिकृत शत्रुजिव व्यवस्थापन बेमैसमी तरकारी खेती विभिन्न वालीमा लाग्ने रोगकीरा पहिचान व्यवस्थापन आदि  विभिन्न कुराहरु सिक्न र सिकाउन सक्षम भएका थियौ ।

सामाजिक क्षेत्रको इन्टन विद्यार्थी  सगँको सहकार्यः यहाँ विभिन्न प्रकारका इन्टन गर्न आउने विधार्थीहरु तथा सामाजिक कार्यका विधार्थीहरु  भेटने उनीहरुसगँ  सहकार्य गर्ने अवसर प्राप्तहुने भएकोले सामाजिक क्षेत्रका पनि धेरै कुराहरु सिक्ने अवसर साथै नेतृत्व क्षमता विकास भएको अनुभूती गरेकी छु ।

बिउविजन छनोट नर्सरी र मल व्यवस्थापनः कृषकले कृषि व्यवसाय गर्दा  सर्वप्रथम ध्यान दिनुपर्ने कुरा भनेको बिउविजन छनोट नर्सरी व्यवस्थापन मलखाद व्यवस्थापन रहेकोले गर्दा आफ्नो क्षेत्रमा उपयुक्त र समय अनुसार उपयुक्त जात छनोट गरी  समयअनुसारको नर्सरी बनाउने र नर्सरी बनाउने तरीका थुप्रो विधि तथा खाल्डो विधि बाट कम्पोष्ट बनाउने तरीका बारे कामहरु गरियो ।

तालीमः उधमशिल कृषक समुह लगाएत दक्षिणकाली नगरपालीका वा मकवानपुरको इन्द्रशरोवर गाउँपालीकाका कृषकहरु तथा अन्य कृषिमा चासो राख्ने व्याक्तीहरु सहभागी गराएर नयाँ व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरु कृषिमा भएका अवसर व्यवसायीमा हुनुपर्ने गुणहरु उधमशिलता लगाएतका वियषमा विभिन्न तालीमहरु सञ्चालन गरीयो । साथै कृषकको क्षमता अभिवृदि गर्न विभिन्न कार्यक्रमहरु वेमैसमी तरकारी खेती गोलभेडा तथा च्याउ खेती प्राङगारीक खेती  भोःलमल बनाउने तरीका तरकारी खेतीमा मलखाद व्यवस्थापन रोगकीरा पहिचान र व्यवस्थापनका उपायहरु उक्त कार्यक्रममा स्रोत व्यक्ती व्यवस्थापन तथा प्रविधिको र स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गरि विभिन्न छलफल तथा तालीम कार्यक्रमहरु सञ्चालन गरियो ।

कृषि फिल्ड अवलोकनः यस क्षेत्रमा कृषि व्यवसाय गरिरहनुभएका र विभिन्न किसिमका खाध्यन्न तरकारी  फलफूल तथा अन्य कृषि सम्बन्धि व्यवसाय गरिएका व्याक्तीका फिल्डमा प्रत्यक्ष रुपमा गएर त्यहाँ देखीएका विभिन्न समस्याहरुको पहिचान गरि व्यवस्थापनका उपाएहरु सिकाउने गरिएको कारण पनि कृषिका विविध कुराहरु सिक्ने र सिकाउने अवसर प्राप्त गरियो ।

यस संस्था सबै कर्मचारी र सरहरु सहयोगी भावनाको हुनुभएकोले हरेक काम गर्न र सिक्न सहज वातावरण थियो । यस संस्थाका कार्यक्रम प्रबन्धक सर निरोज श्रेष्ठ ज्युले जहिले पनि नयाँ कुरा सिक्न उत्प्रेरणा दिने र हरेक काम गर्न सहज रुपमा सिकाउने भएकै कारण पनि व्याक्तिगत विकास नेतृत्व समय व्यवस्थापनका महिला शसक्तिकरण तालीम लेखन सिप जस्ता विविध कुराहरु सिक्न सक्षम भएको छु । यहाँ सिकेका कुराहरुले मलाई अबका दिनमा पनि काम गर्न सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *