Garima Kandanghwa: Learning from Farmers about Asparagus

Address: Athrai-04, Pachthar

Garima came to intern at Shikharapur Community Learning Center for 3 months under this course. She was able to visit many places during her internship including the Dakshinkali Prayas Agro-farm, where she observed new technologies used in mushroom farming. She also visited Dollu, and learnt from farmer Shyam Krishna Basent about asparagus farming. “Once an asparagus is planted, it can produce good production for a long time and demand is also high.  It is also useful for health and that’s the reason I liked asparagus farming.” She was also impressed by how the Shikharapur Community Learning Center have been making efficient use of limited resources to provide learning opportunities and facilities to students.

 

नेपालिमा:

नाम:  गरिमा कन्दङ्वा
ठेगाना: आठराइ गाउँपालिका ४ तेह्रथुम
वर्ष: १५

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण श्री कालिका मावि फाखेल मकवानपुर जिल्लमा पर्छ । यस विधालयमा मा कक्षा ९देखी १२ सम्म कृषि प्रविधिक विषयमा अध्ययन हुन्छ ।त्यसै क्रममा कक्षा १० पछि ३ महिना इन्टर्नको लागि गरिमा कन्दङवा यस शिखरापुर सामुदायिक सिकाइ केन्द्रमा आएकी छिन । यहाँ आएर उनले मर्निङ वाकमा फपिङ वरपर रहेका विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदाहरुको बारेमा जानकारी पाएकि छिन ।

च्याउ खेतिमा नयाँ प्रविधि देखे
यस शिखरापुर सामुदायिक सिकाइ केन्द्रबाट धेरै ठाउँमा फिल्ड भ्रमणमा गएका थियौ । त्यसमा तरकारी, फलफुल तथा च्याउ उत्पादन मध्ये दक्षिणकालि प्रयास कृषि फर्ममा भएको च्याउ खेति प्रविधि मलाइ मन परेको थियो । बफाउने तरिका भिजाउने तरिका पराल डल्ला बनाउने मेशिन र च्याउ गोठमा राख्ने तरिका आधुनिक थियो र “मैले बोतल हाउसमा पनी च्याउ खेति गरेकोले च्याउ खेति गर्न सक्षम भएकि छु”
हामिले यस संस्थामा रहेर विभिन्न तालिमहरु गरेका छौ जस्तै आइ पि एम प्राङगारीक खेति बेमैसमि तरकारी खेति प्रङगारिक मल च्याउ खेति आदि

किसान सगँको भेट
विभिन्न ठाँउमा भएका व्यवसायिक किसानहरुको फिल्ड साथै स्थानिय कृषकको फिल्ड भ्रमण गर्दा उनीहरु सगँ कसरी बोल्ने कस्तो व्यवहार गर्ने भन्ने विषयमा जानकारी प्राप्त गरेकी छु ।

कुरिलोको खेति साह्रौ राम्रो
डोल्लुको भ्रमणमा गएको बेला त्यहाँका स्थानिय व्यवसायिक कृषक श्यामकृष्ण बस्नेत जिको फाममा मे मेरी वासिन्टन ५०० जातको कुरीलो खेति गरिएको रहेछ । कुरीलो लगाएको १० वर्ष भएको र हाल सम्म पनी राम्रो उत्पादन भइरहेको कुरा बताउनु भयो । “कुरीलोको खेतिबाट एकपटक रोपेपछि लामो समय सम्म राम्रो उत्पादन दिने बजारमा पनि माग र मुल्य राम्रो भएको स्वस्थ्यको दृष्टिकोणबाट पनी एकदम राम्रो भएका कारण कुरीलो खेति एकदम मन पर्यो ।
यस शिखरापुर सामुदायिक सिकाइ केन्द्रमा सिमित स्रोत साधनको प्रयोग गरि हामि जस्ता धेरै विधार्थिहरुलाइ धेरै ज्ञान सिपका कुराहरु सिकाइने रहेछ । यहाँ को प्राङगारीक खेति आवशिय विधार्थिलाई दिइएको सुविधा अवसर जस्ता कुराहरु मलाइ साह्रौ राम्रो लाग्यो ।र यस संस्थामा आएर छोटो समयमा पनि धेरै कुराहरु सिक्न अवसर मिलेकोमा म मेरा विधालय तथा यस संस्थालाई धन्यवाद दिन चाहान्छु ।

Comments

  1. Wonderful ! Really nice concept of mobilizing OJT students in different agricultural endeavors.

Leave a Reply

Your email address will not be published. Required fields are marked *